अत्तरिया चोकमा आन्तरिक पर्यटकको आकर्षण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यद्वारको रुपमा रहेको अत्तरिया चोकमा राखिएको वाटर फाउन्टेन (पानीको छ्हरा) ले आन्तरिक पर्यटकको आकर्षण बढाएको छ।
सोही चोकमा स्व।राजा महेन्द्रको शालीकसँगै वाटर फाउन्टेन (पानीको छ्हरा) राखिएपछि साझपख फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ। चोकमा हाइमास्ट लाइट जडान र वाटर फाउन्टेन (पानीको छहरा) राखेपछि गर्मी सुरु भएसंगै साझको समयमा फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्न थालेको हो।

सुदूरपश्चिम प्रदेशको मुख्यद्वारका रुपमा रहेको अत्तरिया चोकमा हाइमास्ट लाइट जडान र वाटर फाउन्टेन (पानीको छहरा) ले आकर्षक र सुन्दर देखिने गरेको छ । सडक छेउमै भएकोले साझपख लाइट र छहराको आकर्षणले कतिपय सवारी रोकेरै अवलोकन गर्ने गरेका छन् । भने कोही बजार आएको समयमा चोकमा पुगेर पानीको छहरासंग आनन्द लिने गरेको बताउन छन्। चोकमास्थित स्व।राजा महेन्द्रको शालिकको वरपर पानीको छहरा रहेको छ। भने ७२ सय वाट क्षमताको हाइमास्ट लाइट जडान गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.