सुदूरपश्चिमका पहाडी जिल्लामा पुगे किताव

अत्तरिया : सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको छ ।
१४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ । १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन् ।
नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पु¥याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ । दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र अछाममा सुरुमा पाठ्यपुस्तक पठाइएको छ । दार्चुला र बाजुराका लागि डेढरडेढ लाख थान पाठ्पुस्तक पठाइएको पन्तले बताए ।
‘अछाम र बझाङका लागि भने अझै ढुवानी जारी रहेको छ’, उनले भने,‘शनिबार बिदाको दिन पनि ट्रकमा पुस्तक लोड गरेर पठाएका छौं ।’ वैशाख ४ गतेबाट बैतडी हुँदै अन्य जिल्लामा पालैपालो पुस्तक ढुवानी गरिने जनाइएको छ एक जिल्लामा पुस्तक ढुवानीका लागि दुई दिन छुट्टयाइएको छ । प्रदेशको सात पहाडी जिल्लामा पुस्तक ढुवानी सकिएपछिमात्रै कञ्चनपुर र कैलालीलाई पाठ्यपुस्तक दिइने जनाइएको छ । ‘दुवै जिल्लाका लागि वैशाख १० गतेबाट पुस्तक ढुवानी हुन सक्छ’, प्रमुख पन्तले भने ।
प्रदेशमा करिब १८ लाख पाठ्यपुस्तक आवश्यक पर्छ । अब केन्द्रबाट २० प्रतिशतमात्रै पाठ्यपुस्तक आउन बाँकी छ । केही पाठ्यपुस्तक वैशाख ५ गते लोड भएर आउने जनाइएको छ । आवश्यकताको आधारमा थप पुस्तक माग गरिरहेको उल्लेख गर्नुहुँदै प्रमुख पन्तले यो वर्ष कुनै पनि पाठ्यपुस्तक अभाव हुने अवस्था नरहेको बताए । सुदूरपश्चिम प्रदेशलाई आवश्यकता नुसार पाठ्यपुस्तक पठाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका बजार व्यवस्थापन शाखा प्रमुख चित्रकुमार आचार्यले बताए । उनले थप आवश्यक पर्ने पाठ्पुस्तक माग भएको दुई र तीन दिनभित्रै पु¥याउने व्यवस्था गरिएको बताए । ‘अपुग किताब २ ÷ ३ दिनभित्रै पठाइ दिन्छौं’, उनले भने ।
प्रदेशको विभिन्न जिल्लामा किताब पु¥याउनका लागि हालसम्म १८५ जना व्यवसायी सूचीकृत भएका छन् । दर्ता जारी रहेकाले व्यवसायी सङ्ख्या २ सय सम्म पुग्ने जनाइएको छ । कुनै पनि जिल्लामा सम्बन्धित जिल्लाका व्यवसायीलेमात्रै पाठ्यपुस्तक ढुवानी गर्न पाउने गरेको कैलालीको दाहाल पुस्तक पसलका सञ्चालक ताराप्रसाद दाहालले बताउए । उनले अहिलेसम्म पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी भइरहेको उल्लेख गर्नुुहुँदै कैलालीको पालो अलि पछि रहेको जानकारी दिए ।
पहाडी विकट जिल्लालाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गर्ने कार्य भइरहेकाले कैलाली र कञ्चनपुरका विद्यार्थीको हातमा भने वैशाख दोस्रो सातामात्रै पाठ्यपुस्तक पुग्ने देखिएको छ । वैशाख १३ देखि १६ गतेकाबीचमा विद्यार्थीले पाठ्यपुस्तक पाउने सूचना पाएको कैलारी गाउँपालिका–४ के गाउँस्थित श्री जनकल्याण माध्यमिक विद्यालय प्रधानाध्यापक हनुमान चौधरीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.