
धनगढी, ५ चैत : धनगढीमा विगत लामो समयदेखि कपडा व्यवसायी गर्दै आएको गुरुजीले युनिफम सेवा विस्तार गरेको छ । धनगढी मेनरोड स्थित माछापुच्छ्रे बैकं रहेको घरमा सेवा दिदैँ आएको गुरुजीले थप सेवा पनि विस्तार गरेको हो । युनिफमको मंगलबार पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले उद्घाटन गरे ।
उद्घाटन पछि अध्यक्ष जोशीले गुरुजीले गरेको सेवाको प्रसंसा गरे । एउटै ठाउँमा महिला, पुरुष देखि विभिन्न जातजाति समुदायका संस्कृति झल्कने पोशाकहरुको सेवा दिँदा ग्राहकलाई सहज हुने विश्वास व्यक्त गरे ।
यस्तो आर्थिक मन्दीका बेला र बैकंहरुले ऋण समेत नदिइरहेको अवस्थामा आधुनिक किसिमको संस्कृति झल्कने पोशाकहरु सहित विभिन्न विद्यालयहरुका पोशाकको समेत सेवा दिने गुरुजी युनिफका सञ्चालक सतिस जोशीले बताए । धनगढीका लागी मात्रै नभएर यो सुदूरपश्चिम प्रदेशकै लागी अति आवश्यक रहेको भन्दै उनले सबैको रोजाइमा गुरुजी युनिफम पर्ने विश्वास व्यक्त गरे ।
धनगढीमा यस्तो किसिमको आधुनिक युनिफम आवश्यक भएकै कारण आफूले सञ्चालन गर्ने प्रयास गरेको बताए । गुरुजीले यस अघि केही वर्षदेखि सोही ठाउँमा पुरुष र लेडिजकाका लागी चाहिने सम्पूर्ण कपडा सहित गुरुजी सटिङ सुटिङ र लेडिज बुटिक पनि सञ्चालनमै छ ।
