अत्तरिया : संघीय निजामती सेवा ऐनको मस्यौदा यहि वैशाख १८ गतेभित्र सार्वजनिक गर्न संयूक्त ट्रेड युनियनले माग गरेको छ । युनियनले बुधबार कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्रीलाई संयूक्त ज्ञापनपत्र बुझाउँदै सो माग अघि बढाएको हो ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लक्ष्मण राज जोशी, नेपाल निजामती कर्मचारी युनियन अध्यक्ष खेमराज जोशी, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल अध्यक्ष जनकराज जोशीले संयूक्त रुपमा विभिन्न सुझावसहितको मस्यौदा तयार गरि ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले निजामती सेवा ऐन ल्याउनेबारे सरकारको प्राथमिकतामा नपर्नु गम्भिर चिन्ताको विषय रहेको बताएका छन् । उनीहरुले ऐन ल्याउँदा सम्बन्धित पक्षसंग छलफल गरिनुपर्ने पनि माग गरेका छन् ।
ऐनको विधेयक सहमतीका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको भन्ने जानकारी आएकोले सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष बुझाइएको नेपाल निजामती कर्मचारी युनियनका कैलाली अध्यक्ष खेमराज जोशीले बताए ।