Agni Offset Press

वेदकोटमा पालिकास्तरीय दुई दिने स्वास्थ्य समबन्धि अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको वेदकोटमा पालिकास्तरीय दुई दिने स्वास्थ्य समबन्धि अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न भएको छ।

पालिकाले आयोजना गरेको उक्त दुई दिने कार्यक्रममा विगतका तिन वर्ष २०७७\७८\७९ को स्वास्थ्य सम्बन्धित सम्पूर्ण कार्यहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति भएको वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले जानकारी दिए । उनले भनिन् ‘दुई दिने यस कार्यक्रममा विगतका तिन वर्षमा स्वास्थ्य समबन्धि भएका सम्पूर्ण कार्यहरू, पालिकाका १० ओटै स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिएका स्वास्थ्य सेवाहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति गरेका छौँ।’

उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, १० वटै वडाका स्वास्थ्य शाखा प्रमुख तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमबाट विगतका वर्षका कमी कमजोरीहरू पत्ता लागेका र ति कमी कमजोरीहरू सुधार गरेर गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ आफूहरू लाग्ने वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख पालले बताउइन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.