धनगढीको डुवान समाधान गर्न उपमहानगर र भौतिक मन्त्रालयले सहकार्य गर्ने

धनगढी : वर्षा सिजनमा धनगढी उपमहानगरपालिकाका विभिन्न ठाउँमा हुने डुवान समस्या समाधानका लागि प्रदेश भौतिक मन्त्रालय र धनगढी उपमहानगरपालिका बीच समन्वय हुने भएको छ ।
बिहिवार सुदूरपश्चिम भौतिक पुर्बाधार विकास मन्त्रालयमा धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल सहित बैठक बसी धनगढीको डुवान हटाउने विषयमा छलफल भएको हो । डुवान समस्या समाधानका लागि प्रदेस सरकार र उपमहानगरपालिका मिलेर अघि बढने निर्णय गरिएको छ ।
खासगरी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बिभिन्न स्थानमा वर्षा लाग्ने बित्तिकै डुवान सुरु हुने गरेको छ । डुवानका कारण ती क्षेत्रका बासिन्दाले ३\४ महिना सास्ती ब्यहोर्नु परिरहेको छ । हाल प्रदेशका भौतिक पुर्वाधार मन्त्री रहेका प्रकाश देउवा यसै निर्वाचन क्षेत्र बाट प्रदेश सांसद निर्वाचित भएका हुन । उनले निर्वाचनका वेला यश क्षेत्रको डुवान समस्या समाधान गर्ने प्रतिबद्दता गरेका थिए । प्रतिबद्दता अनुसार मन्त्री देउवाले डुवान समस्या समाधानका लागि पहल थालेका छन । मन्त्री देउवाले भने, सबै तहका सरकारको उदेश्य विकास गर्ने नै हो हामी सबै स्थानिय तह संग समन्वय गरि अघि बढ्ने छौ ।
धनगढी उपमहानगरपालिकामा बर्षेनी हुने डुबन समस्य समाधान तथा अन्य बिकास निर्माणमा प्रदेश सरकार र उपमहानगरपालिका बिच समन्वय , सहकार्य र सह-अस्तित्व गरि अगाडी बढने बिषयमा आजको बैठकमा छलफल भएको धनगढीका नगरप्रमुख गोपाल हमालले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.