डडेल्धुरामा ढुंगा प्रहार गरी महिलाको हत्या

डडेल्धुरा : डडेल्धुरामा ढुंगा प्रहार गरी एकजना महिलाको हत्या भएको छ। जिल्लाको परशुराम नगरपालिकामा–४ रज्यौडाका गोपाल राउटेले बिहीबारराति परशुराम–५ बसगौरा बस्ने ६३ वर्षीया गोमति थापा मगरलाई ढुंगा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ढुंगा प्रहार गर्ने राउटे फरार छन् । फरार रहेका राउटेको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.