धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले साढे पाँच सय बढी सवारी चालकलाई सचेतनामूलक कक्षा प्रदान गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई सजाय स्वरुप प्रत्येक हप्ताको शुक्रवार लिइने उक्त कक्षामा हाल सम्म ५ सय ७० जना सवारी चालकलाई प्रशिक्षण प्रदान गरिएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले जानकारी दिए ।
लेन अनुशासन पालना नगर्ने,तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाई कारबाहीमा परेका सवारी चालकलाई लेन अनुशासन पालना, तीव्र गति र मापसे सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको हो ।