अत्तरिया : बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पटक–पटक जाने भूकम्पका पराकम्पनले गर्दा स्थानीयहरु त्रसित भएका छन् । एक महिनामा दुई÷तीन पटक गईरहेका भूकम्पकका पराकम्पले गर्दा चर्कीएको घरमा बस्न जोखिम रहको बाजुरा खप्तड छेडेदह गाउँपलिका–१ का रमबहादुर रोकायाले बताए । ‘घर चर्कीएर चिरा–चिरा भएको छ’, उनले भने । ‘यसरी पटक–पटक जाने पराकम्पनले गर्दा घर भित्र छिर्न पनि डरा लाग्छ ।’
पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा लगातार भूकम्पको धक्का महसुस हुँदै आएको छ । यसअघि पटक पटक बाजुरामा भूकम्प गएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको थियो । चैत १२ गते राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प, चैत १६ गते बुधवार बेलुका ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको थियो ।
गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ । सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ । कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता ४ रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए ।
सोमबार दिउँसो ४ बजेर १ मिनेटमा जाँदा बडिमालिका केन्द्रविन्दु भई ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ । देशका पश्चिमी भागमा गएका १५ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा ६ पटक भूकम्प गएको छ । कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो । १६ वटा भूकम्पमध्ये १२ सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन् । चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६ दशमलव ६ को शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सतहभन्दा २७ दशमलव ३ किलोमिटर तल उत्पत्ति भएको हो ।
गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६ दशमलव ६ को भूकम्प गएको थियो । उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताएकी थिइन् । पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्ले बताएका छन् ।
सम्बन्धित पाेस्टहरु