अत्तरिया, १० बैशाख : गोदावरी नगरपालिका अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामामा भित्तेपात्रो समेत विमोचन गरेको हो ।
आईतबार मञ्चले आफ्नो पहिलो वार्षिक साधारण सभामा एक कार्यक्रमका बीच समाजसेवी डा. लक्ष्मीराज पाठकद्वारा विमोचन गरिएको हो । गोदावरी पत्रकार मञ्चका अध्यक्ष प्रेमसिंह बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मञ्चका संरक्षक समेत रहेको डा. लक्ष्मीराज पाठक रहेका थिए । प्रमुख अतिथि पाठकले समाजमा रहेका स–साना कुराहरुलाई मिडियाको माध्यमद्वारा जनताहरुलाई सुसुचित गराउने काम मिडियाहरुले नै गरेको बताए । त्यसले समाजमा मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा विशिष्ठ अतिथिमा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बरबहादुर पाल, कैलाली हार्डवेयर व्यवसायि संघका उपाध्यक्ष नैनसिंह कार्की रहेका थिए । यस्तै अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर कमिटिका अध्यक्ष नरेन्द्र शर्मा, गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, गोदावरी पत्रकार मञ्चका सल्लाहकार तथा गोदावरी एफएम का प्रबन्ध निर्देशक गोविन्द रोस्यारा, चेम्बर अफ कमर्सका अध्यक्ष तिर्थराज ओझा, सुदूरपस्चिम प्रदेश ट्राफिक प्रहरी एसपी नेत्रमणी गिरी लगायतको उपस्थिति रहेका थिए । गोदावरी पत्रकार मञ्चका उपाध्यक्ष नरेश नाथ योगीले सञ्चालन गरको कार्यक्रममा स्वागत मन्तव्य गोदावरी पत्रकार मञ्चका सचिव प्रकाश बोहराले गरेका हुन् ।
सम्बन्धित पाेस्टहरु