काँग्रेस कैलालीले मनायो बालुवागडामा धान दिवस

अत्तरिया : राष्ट्रिय धान दिवसको अवसरमा नेपाली काँग्रेस कैलालीले धान दिवस मनाएको छ। कैलालीको गोदावरी नगरपालिका–४ बालुवागडामा नेपाली काँग्रेस कैलालीको समन्वय तथा नेपाल किसान महासंघ कैलालीको आयोजनामा २० औँ राष्ट्रिय धान दिवस मनाएको हो ।

धान दिवसमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड , जिल्ला सभापति नारायणदत्त भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बम, तुलसी देवकोटा, जिल्ला सचिव नृपबहादुर सुनार, केशव मिश्र, प्रदेश सदस्य तुलाराम साउद, पुष्पा भट्ट, जिल्ला सदस्य कमलकान्त पन्त, गोहनी चौधरी, ललिता बम देउवा र क्षेत्रीय सभापति ललित रोकाया, उपमेयर भोजबहादुर बम, महाधिवेशन प्रतिनिधि रामबहादुर कलेल, पूर्व जिल्ला सदस्य प्रेम ओझा, चुरे गाउँपालिका पूर्व सभापति टिकाराम ढुंगाना, फणी सापकोटा किसान महासघका केन्द्रीय सदस्य आ बि रावल र जिल्ला अध्यक्ष प्रकाश थापा सहभागि थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.