बास सुदूरपश्चिमलाई युवा प्रतिभा सम्मान

धनगढी : बास नेपाल सुदूरपश्चिम प्रदेश समितिलाई युवा प्रतिभा सम्मान २०७९ प्रदान गरिएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिमले युवाहरुको क्षेत्रमा योगदान गरे बाफत बास सुदूरपश्चिमलाई नगद सहित सम्मान गरेको हो ।

शनिबार धनगढीमा आयोजित युवा प्रतिभा सम्मान २०७९ कार्यक्रममा युुवा पारिषद्का केन्द्रीय कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बास सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारालाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै संयोजक पुजाराले बास सुदूरपश्चिमले ९ ओटै जिल्लामा जिल्ला शाखा र अधिकांश पालिकामा उपशाखा बिस्तार गरि भ्रष्टाचार बिरुद्ध युवा सशक्तिकरण र सुशासनका क्षेत्रमा निरन्तर खबरदारी अभियानहरु सञ्चालन गर्दै युवाहरुलाई रुपान्तरण र जागरुक बनाउँदै आएको बताए । उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा बासले युवा स्वयमसेवा, भ्रष्टाचार, अनियमितता बिरुद्ध र सुशासनका क्षेत्रमा निरन्तर अभियानलाई तिव्रता दिँदै आएको बताए । युवा प्रतिभा सम्मानबाट बास सुदूरपश्चिम सहित अन्य ५ जना युवाहरु सम्मानित भएका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.