अत्तरिया, १६ असार : कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो महेन्द्रनगर रोडमा रहेको उक्त नदीमा बनदेबी टोल बस्ने १४ बर्शिया बालक सागर खडायतको मृत्यु भएको हो ।
नदीमा उनी बेपत्ता भएको खबर पाएपछि उक्त स्थानमा प्रहरी टोली पुगेर खोज तलास गर्दा सिरियस अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।
थप उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो । उनको अस्पताल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । खडायत गुराँस एकेडेमी अत्तरियामा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन ।
सम्बन्धित पाेस्टहरु