जनताको गुुनासो सुुन्न सामाजिक परीक्षण

जगदीश रोकाया
बझाङ : नागरिकहरुको पालिका तथा वडा कार्यालयको सेवा प्रवाह सम्वन्धी गुुनासो जिज्ञासा आलोचना र असहमती बुुझ्नका लागी बझाङको थलारा गाँउपालिकाले सामाजिक परीक्षण गरेको छ । यस वर्षबाट वडास्तरमा र पालिकास्तरमा सामाजिक परीक्षण गर्न थालेको हो ।
सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गर्नका लागी स्वतन्त्र व्यक्ति संस्था हुुनुुपर्ने प्रावधान अनुुसार स्थानीय मिडिया विकास संस्था र पत्रकार संगको साँझेदारीमा पालिकाले नौ वटै वडा र पालिकाको समेत सामाजिक परीक्षण गर्ने कार्यक्रम रहेको प्रमुुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले जानकारी दिए ।
सामाजिक परीक्षणको सहजिकरण गरेका पत्रकार रमेश केसीले जिल्लामा थलारा गाँउपालिकाले जनताहरुको गुुनासो सुुन्नका लागी गरेको कार्यक्रम निकै प्रभावकारी भएको वताए । उनले भने, ‘मैले थलारा गाँउपालिकाका ३ वडामा सामाजिक परीक्षणको सहजकर्ता भएर संचालन गरेको थिए । त्यहाँ नागरिकहरुले खुुलेर आफ्ना गुुनासा राखे ।’ सार्वजनिक समारोहमा गुुनासो सुुन्ने र जवाफ दिने कार्यक्रम हुने भएकाले जनताहले खुुलेर वडा तथा पालिकाको गुुनासो असहमती राखेका थिए भने जनप्रतिनधि कर्मचारीहरुले जवाफ दिएका थिए ।
पालिका भित्रका नौ वडै वडामा भएको यो कार्यक्रमको जनताहरुले पनि प्रशंसा गरेका थिए । थलारा ३ का पुुर्व वडा अध्यक्ष गणेशराज जोशीले यस्ता कार्यक्रम हामीले पनि हाम्रो कार्यकालमा गर्ने मनसाए बनाएका थियौ तर भएन, यसपाली यो कार्यक्रम गरेकोमा जनताले धेरै आफ्नो मनमा लागेका गुुनासो जिज्ञासा र गाँउमा भएको सुुधारका कुुरा पनि भन्न र सुुन्न पाए ।’ सामाजिक परीक्षण कार्यक्रममा वडा तथा पालिकाको सेवा प्रवाह योजना कार्यक्रम बजेट प्रस्तुुत गर्न लगाउने र यसमा जनताहरुको गुुनासो भन्न लगाए र गुुनासोसंग सम्वन्धित व्यक्ति र निकायले सभामै जवाफ दिने गर्दछन ।
थलारामा भएको सामाजिक परीक्षणमा जनताहरुले पालीकाको योजना पुुस्तक प्रकासन नगरेको, नेताहरुले आ–आफ्ना कार्यकर्तालाई बजेट योजना दिएको, योजनाको अनुुगमन नभएको दोहरो योजना परेको, विउ बोट विरुवा बाख्रा नपाएको, कार्यलयमा ढिला सुुस्ती काम भएको आग्रह पुुर्वाग्रह गरेको जस्ता गुुनासाहरु राखेका थिए । यस्ता गुुनासोहरुको सम्वन्धित निकायले जावाफ दिएका थिए भने केहि गलत हल्ला कुराको बक्ताहरुले प्रष्टपारेका थिए ।
सामजिक परीक्षण कार्यक्रम सुशासनको महत्वपूर्ण पाटो भएको यसले नागरिक सर्वोच्चता कायम गरेको १ नम्वर वडा अध्यक्ष रविन्द्र जोशीले वताए । उनले बाहिर गुुनासो आलोचना गर्नुु भन्दा यस्तो कार्यक्रममा जनताले खुुलेर हाम्रा कमिकमजोरी राखेर हामीले पनि गल्ती भएकालाइ आत्मआलोचना गदै आगामी वर्षमा सुुुधार गर्ने मौका मिलेको वताए । कार्यक्रमले जनता र कार्यालयप्रतिको तिक्तता हटेर विस्वास बढेको पनि उनले वताए । नौ वटै वडाका सम्पन्न भएको सामाजिक परीक्षण कार्यक्रम एक दुुइ दिन भित्र पालिकास्तरमा पनि गरिने तयारी भइरहेको छ । नियमित बार्षिक रुपमा सार्वजनिक सुुनुुवाइ गर्दै आएको थलारा गाँउपालिकाले सुशासनलाइ प्रवद्धन गर्न यस वर्ष वाट थप वडा तथा पालिकाको सामाजिक परीक्षणको कार्यक्रमलाइ पनि जोड दिएको छ । जिल्लाका कतिपय पापलकाले भने सार्वजनिक सुुनुवाइ समेत गरेका छैनन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.