अत्तरिया, १९ असार : सुचनाको हक सम्बन्धी जनप्रतिनिधि र कर्मचारीहरुलाई २ दिने अभिमुखीकरण कार्यक्रम धनगढीमा सुरु भएको छ । अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उप–प्रमुख कन्दकला राना थिईन् । उनले यस अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि, कर्मचारीहरु र पत्रकारहरुको खाडल पुर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले नागरिकहरुलाई सुचनाको पहुँचमा पुगाउन आवश्यक रहेको धारणा व्यक्त गरे । दुई दिनसम्म हुने अभिमुखीकरण कार्यक्रममाको सहजिकरण वरिष्ठ पत्रकार मोनमोहन स्वाँरले गरिरहेका छन् । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रमको पत्रकार महासंघ कैलालीको आयोजनामा भएको हो । पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष लक्ष्मी जैशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रेम चौधरीले गरेका हुन् ।