गेटामा विश्वविद्यालय स्थापनार्थ हवन गरिने

अत्तरिया : सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अगाडी होम गरिने भएको छ । सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत बिहिबार बिहान होम गर्न लागेको हो । संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र छ सय शैय्याको अस्पताल संचालनका लागि दबाब दिन होम गर्न लागिएको बताए ।

पाण्डेले विश्वविद्यालयको मुल गेट अगाडि ब्राह्मण मन्त्र सहितको होम गरिने बताए । सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर एक सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.