अस्मि मृत्यु प्रकरण : प्रेमीपछि मृतककी साथी पनि फक्राउ

अत्तरिया : यहि ९ असारमा मृत अवस्थामा भेटिएकी कैलालीको गोदावरी नगरपालिका–४ अत्तरियाकी १८ वर्षीया अस्मि बोहरा मृत्यु प्रकरणमा उनकी साथीलाई प्रहरीले पक्राउ गरेको छ ।
बोहरालाई बलात्कारपछि आत्महत्या गर्न बाध्य पारेको भन्दै उनका प्रेमी भनिएका मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरेको प्रहरीले अस्मीकी साथी लक्ष्मी खड्कालाई पनि पक्राउ गरेको हो ।
आफ्नो कोठामा बोलाएर बोहरामाथि बलात्कार गर्न सघाएको भन्दै आफन्तले उनीविरुद्ध किटानी दिएका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बरालले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।उनकाअनुसार नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.