गेटामा विश्वविद्यालय स्थापनार्थ वैदिक मन्त्रसहित होम

गीता कुमारी जोशी

अत्तरिया : सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अगाडि वैदिक मन्त्रसहित होम गरिएको छ । सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत आज बिहिबार बिहान होम गरेको हो ।

संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो)ले मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र छ सय शैय्याको अस्पताल संचालनका लागि दबाब दिन वैदिक मन्त्रसहित होम गरिएको बताए । पाण्डेले विश्वविद्यालयको मुल गेट अगाडि ब्राह्मण मन्त्र सहितको होम गरिएको बताए । सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर एक सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो । एक महिना देखि संघर्ष समिति निरन्तर दववामुलक आन्दोलनमा रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.