अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले अत्तरिया बजार सरसफाइ गरेको छ । गोदावरी नगरपालिकाको सहकार्यमा बजार सरसफाइ गरिएको हो । बजार सफाईमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र बजारका व्यावसायिहरु को पनि सहभागीता रहेको थियो । गोदावरी नगरपालिकाको समन्वयमा अत्तरिया उद्योग वाणिज्य संघले बजार सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा संघका पदाधिकारीका साथै शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, व्यापारी तथा नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । संघका अध्यक्ष कल्याण सिँह बोहराले बजारको दुर्गन्धित अवस्था देखेर सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले जुनसुकै कुरामा पनि नगरपालिकाकै मुख ताक्ने परिपाटीलाई चिर्न पनि सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले सरसफाई कार्यक्रमलाई मासिक रुपमा लैजाने योजना बनाएको समेत बताए ।
व्यावसायिहरु बजार को सरसफाइ मा स्वयं सचेत रहनु भन्ने सन्देश दिन सरसफाइ कार्यक्रम को आयोजना गरिएको संघका अध्यक्ष कल्याण सिँ बोहराले बताए ।