राष्ट्रपति पौडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहबीच भेटवार्ता

अत्तरिया : राष्ट्रपति रामचन्द्र पौडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच भेटघाट भएको हो।
बजेट पारित भएपछि मुख्यमन्त्री शाह काठमाडौंमा शीर्ष नेता र राजनीतिक भेटघाटमा छन्। यसै क्रममा बिहिवार उनले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्री शाहले जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको यात्रामा अघि बढ्न शुभकामना दिएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.