वन फडानी भएको क्षेत्रमा पुग्यो मन्त्रीको टोलि

अत्तरिया सुदूरपश्चिम प्रदेशका उधोग पर्यटन बन तथा वातावरण मन्त्री रमेशसिँह धामी दैनिक जसो काममै बेस्त भएको देखिन्छन्। राजनीतिक भेटभाटसँगै उनी जनताकै सेवाका लागी सम्बन्धीत स्थानमै पुगेर सम्बन्धित निकायलाई खवरदारी देखी अनुगमन गर्दै आएका छन्।

मन्त्रालयको नेतृत्व सम्हालेपछि झन् विकास निर्माणमा देखिएका समस्या हुँदै बिभिन्न क्षेत्रमा निगरानी बढाउँदै आएका छन्। यसैबिच कैलालीमा वन अतिक्रमण भएको गुनासो आउनेबित्तीकै उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री धामी आज कैलालीको गोदावरी ११ मा रहेको रातोपानी सामुदायिक वनमा पुगे।

सो गुनासोपछि मन्त्री धामी र मन्त्रालयका सचिव सहितको टोली फिल्डमा नै खटिएर अध्ययन तथा अनुगमन गर्न रातोपानी सामुदायिक वनमा पुगेको हो। वन अतिक्रमणको अनुगमन गर्दै छानबिन कार्यलाई प्रभावकारी बनाउन स्थानिय तथा सम्बन्धीत निकायलाई मन्त्री धामीले निर्देशन दिएका छन् । वन अतिक्रमण गर्नेलाई कार्वाही गरिने उनको भनाई छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.