कर्मचारी फिर्ता पठाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

अत्तरिया, ५ साउन : गोदावरी नगरपालीकालाई समायोजनका कर्मचारी फिर्ता पठाउने निर्णय हाललाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । समायोजन भई आएका कर्मचारीलाई आर्थिक वर्ष २०८०÷८१ बाट तलब भत्ता खुवाउन नसकिने भन्दै नगरपालीकाले स्वास्थ्य सेवा विभाग काठमाडौं, गोदावरी नगरपालिकाको आर्थिक प्रशाशन शाखा, स्वास्थ्य शाखा नगरपालिका अन्र्तगतका सबै अस्पताल, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रमा कार्यरत सबै फाजिल कर्मचारीहरुलाई पत्राचार गरेको थियो ।
यसविरुद्ध गोदावरी नगरपालीकामा रहेका ४२ जना फाजिल कर्मचारीले नगरप्रमुख,स्वास्थ्य मन्त्रालय लगायतलाई विपक्षी बनाँउदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । “एकपटक समायोजन भई विपक्षी नगरपालीकामा पदस्थापन भईसकेको भन्ने देखिएको अवस्था हुँदा यस सम्बन्धमा विपक्षीहरुबाट अन्यथा अवस्था देखाई निवेदन परेमा सोही बखत विचार हुने गरी हाललाई गोदावरी नगरपालिकाबाट मिति २०८०\०३\०६ र सोही नगरपालिकाको नगरसभावाट मिति २०८०\०३\११ मा भएको निर्णय तथा २०८०\०३\१७ मा भएको पत्राचार समेत कार्यान्वयन नगरी यथास्थीतिमा राख्नु” आदेशमा भनीएको छ ।
कर्मचारीको तर्फबाट खम्म बहादुर खत्री र जगत प्रकाश जोशीले बहस गरेका थिए । गोदावरीका फाजिलका कर्मचारीले साउन १ गतेदेखि ई हाँजीरी नगरी रजिष्टरमा छुट्टै हाँजीरी गर्दै आएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.