वन मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया : कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ का ३२ वर्षीय भागीराम चौधरी शुक्रवार पक्राउ परेका हुन्।

कैलाली जिल्ला अदालतले २०७२ साल ९ महिना ३० गते ११ हजार ५ सय ६८ रुपैँया जरीवाना तोकेपछि चौधरी फरार रहेका थिए। प्रहरी चौकी अमरावतीबाट खटिईएको प्रहरी टोलीले उनलाई घरबाट नै फेला पारी पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.