कैलालीको गेटाबाट लागुऔषध सहित श्रीमान्-श्रीमती पक्राउ

अत्तरिया : कैलालीको गेटाबाट लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् । आईतबार प्रहरीकाले बिशेष सुचनाको आधारमा इप्रका मालाखेतीबाट खटिएको सादा पोसाकको टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीय अनिता राना र उनका श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको हो ।

घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागु औषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अन्तराम रानालाई ३ महिना अगाडि पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले अपाङ्गताको आवरणमा श्रीमान श्रीमती भारतको सिमा नाका बजारबाट लागु औषध ल्याएर गाउँ टोलका युवा ग्राहकहरुलाई स–साना पुरिया बनाई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.