कैलारी गाउँपालिकाबाट अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

अत्तरिया : कैलालीबाट अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । प्रहरीले कैलारी गाउँपालिका – ६ खरुवाखेडा बस्ने ५२ बर्षीय नारायण प्रशाद चौधरीको घरबाट अवैध भरुवा बन्दुक पक्राउ गरेको हो ।

घरमा अबैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको जनाइएको छ । उनको कच्ची घरको पालीमा लुकाई राखेको अवस्थामा १ थान १ नाले अबैध भरुवा बन्दुक, बारुद ४ डिब्बा, तयारी गोली ३८ पिस सानो, २८ पिस ठुलो, सिसाको टुक्रा ९ पिस सानो, सिसाको १ पिस ठुलो बरामद गरिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।

प्रहरीले बरामद गरिएको बन्दुक सहित चौधरीलाई समेत नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.