कैलाली कारागारमा कैदीबन्दीको उपचारको क्रममा मृत्यु

धनगढी : कैलाली कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पीडीत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.