अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा न्यायीक समितिको प्रगती विवरण सार्वजनिक गरिएको छ । सोमबार नगरपालिका उप प्रमूख तथा न्यायिक समिति संयोजक शारदादेवी रोकायले कार्यालयमा पत्रकार सम्मेलन गरी आ व २०७९÷०८० न्यायिक समितिको विवरण सार्वजनिक गरेकी हुन् ।
उनले जम्मा मुद्दा रफिराद संख्या आ व २०७९\०८० मा ११७ रहेको छ भने आ व २०७८\०७९ बाट बाँकी रहेको मुद्दा दर्ता सारेर जम्मा मुद्दा १४३ रहेको बताइन् । यस्तै आ व २०७९\०८० मा मिलापत्र फछ्यौट विवाद ९८ वटा जति भइसकेको प्रक्रियामा रहेको विवाद १९ वटा रहेका छन् । न्यायिक समितिमा मेलमिलाप विवाद जम्मा २६, मेलमिलाप केन्द्रमा मेलमिलाप विवाद जम्मा ७३ वटा रहेको जानकारी दिईन् ।
१ वर्षको अवधिमा यस नगरपालिकामा लेनदेन, गालीगलौज, कुटपिट, ढलनिकास, अश मुद्धा, जग्गा विवाद, गोरुको खुट्टामा चोट पुगाएको,
श्रीमान श्रीमती बीच विवाद, सिमाना विवाद, घरमाथि छज्जा राखी असर गरेको, कोठा खोल्ने सम्बन्धमा, बाटो विवाद, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, कुखुराको खोर बनाइ असर गरेको,
घरको ठेक्का लिइ सम्पन्न नगरेको, ज्यालामजदुरी नदिएको, घररकिचनको नजिक झ्याल राखी असर गरेको, घर भाडा नदिएको,
जग्गा भाडा नदिएको, बाली नोक्सानी, जग्गाको माटो झिकी विक्री गरेको, जग्गामा रहेको रुख विरुवाले असर गरेको, जस्ता मुद्दा संख्या आएको जनाएको छ
सम्बन्धित पाेस्टहरु