अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समन्वय समिति गठन गरीएको छ । शनिबार अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माविमा बसेको सामुदायिक विद्यालयका अध्यक्षहरुको भेलाले समिति संयोजकमा गणेश शाहलाई छनोट गरेको हो ।
समितिमा १६ जना सदस्य रहेका छन् । समितिले गोदावरी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको समस्या समाधानकालागी पहल गर्ने छ ।