शव बोकेको सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना

अत्तरिया : धनगढीस्थित सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना भएको छ । अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

एम्बुलेन्समा शवसहित ६ जना रहेका र सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको हो।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.