अत्तरिया : कञ्चनपुरको महेन्द्रनगरमा होटलमा बेहोस् अवस्थामा भेटिएका धनगढीका ३७ वर्षीय विष्णु पनेरुको शनिबार मृत्यु भयो । शुक्रबार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटलमा बेहोस् भेटिएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी (भगवती टोल) बस्ने विष्णुको शनिबार उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।
उनको मृत्यु भएपछि पनेरु बेहोस् भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए । सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उनले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।