आँखा पाक्ने रोग संक्रमण तिब्र : अस्पतालमा थामि नसक्नु भीड

अत्तरिया : कैलाली, कञ्चनपुरमा आँखा सम्बन्धी समस्या देखिने क्रम बढ्न रोकीएको छैन । आँखा अस्पतालमा थामि नसक्नु भीड रहेको छ । मेडिकलहरुमा पनि आँखाको समस्या लिएर दैनिक जासो बढीरहेका छन् । गेटा आँखा अस्पताल, धनगढी नेत्रालय, धनगढीकै बुद्धमन्दीरमा दैनिक ३ सय भन्दा बढी आँखाका बिरामीहरु उपचार गरिरहेको सम्बन्धित अस्पतालले जनाएका छन् । आँखाका बिरामीहरु बच्चा देखि वृद्धहरु रहेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार पछिल्लो दुई साता तराईमा आँखाको समस्या भएका बिरामीको संख्या उच्च रहेको छ । आँखा पाक्ने, आँखा चिलाउने, आँखाबाट आँशु बग्ने जस्ता समस्या लगेर बालक देखि वृद्ध, वृद्धा सम्म अस्पतालमा आउने गरेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा आँखा विशेषज्ञ डा. रमेशचन्द्र भट्टले बताए ।
आँखामा लाग्ने यस्तो रोगलाई सामान्य भाषामा ‘भाइरल रोग’ भन्ने गरिएको भट्टराईले बताए । यो रोग लाग्दा आँखा चिलाउने, आँखा सुनिने, पाक्ने, तथा आँसु बग्ने र कहिले काँही आँखाको नानीमा घाउ हुने गरेको भट्टले बताए । यो रोग आँखा प्रदुषणका कारण लाग्ने गरेको उनले बताए ।
सामान्यतया आँखा सफा नगर्ने, धुवाँ धुलोमा जाने मानिसमा यो रोग लाग्ने गरेको र ती रोगिको सम्पर्कमा आएका अन्य मानिसमा सजिलै रोग सर्न सक्ने उनको भनाई रहेको छ । ‘धेरैले यो रोग हावाबाट सर्ने गरेको भन्ने गरेको सुनिएको छ,’ आँखारोग विशेषज्ञ डा. भट्टले भने, ‘त्यो सत्य होइन, यो रोग हावाबाट सर्दैन, रोगि संग हात मिलाउने, रोगिले प्रयोग गरेको रुमाल प्रायोग गर्ने, रोगिका लत्ता कपडा स्वस्थ व्यक्तिले प्रयोग गर्ने गरेका कारण आँखामा लाग्ने भाइरल रोग सर्ने गर्दछ, रोगिबाट टाढा रहन सके यसबाट बच्न सकिन्छ ।’
यो रोग कन्जक्टिभाइटिस भाइरसका कारण लाग्ने गरेको उनले बताए । पछिल्लो दुई साताको समयमा अस्पताल पुग्ने विरामी मध्य ओपीडीमा चेकजाँच गर्ने मध्ये ५० प्रतिशत बिरामीको आँखामा भाइरस रोग देखिने गरेको उनले बताए । उनका अनुसार पछिल्लो दुई साताको अवधिमा दैनिक एक सय भन्दा भन्दा बढी बिरामी भाइरस रोगको संक्रमणबाट ग्रसित भएर आउने गरेका छन् । रोग लागेपछि आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए ।
यो सामान्य समस्या हो । आँखालाई सफा पानीले तीन÷चार पटक सम्म सफा गर्ने, आँखा नमिच्ने गरेमा यो रोग ५÷६ दिन पछि आफै निको हुने गरेको उनले बताए । तर, कहिले काँही आँखाको नानीमा समेत यसले घाउ बनाउने हुँदा त्यसतो अवस्थामा भने बिरामीले आँखा अस्पताल गएर स्वास्थयकर्मीको सल्लाह अनुसारको औषधी प्रयोग गर्नुपर्ने उनले बताए ।
आँखामा लाग्ने भाइरस रोग हावाबाट सर्दैन । यो रोग रोगि संग अंकमाल गर्ने, रोगिले प्रयोग गरेको रुपमाल, साबुन वा उसका लत्ताकपटा प्रयोग गरेको अवस्थमा सर्ने गरेको आँखा विशेषज्ञको भनाई छ ।
त्यसैले यो रोगबाट बच्नका लागि रोगिले प्रयोग गरेका सामान प्रयोग नगर्ने, दैनिक तीन÷चार पटक सफा पानीले आँखालाई राम्ररी सफा गर्नु पर्दछ । अझ सजिलो तरिकाले भन्नु पर्दा आँखाको भाइरस रोगबाट बच्नका लागि आँखाको सरसफाई सवैभन्दा महत्वपूर्ण रहेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक डा. रमेश चन्द्र भट्टले बताए ।
आँखामा लाग्ने भाइरल रोग सामान्य भएपनि कतिपय अवस्थामा व्यक्तिको सामान्य लापर्वाहीका कारण यो रोग जटिल बन्ने गरेको बाह्य कार्यक्रम व्यवस्थापक डा. भट्ट बताउँछन् । रोग लागेपछि जथाभावि आँखामा औषधी राख्ने, फोहोर हातले आँखा मिच्ने, धेरै धुँवा धुलोमा जाने गरेमा यो रोग जटिल बन्न सक्ने उनले बताए । त्यसैले आँखामा भाइरल रोग लागेमा आँखालाई राम्ररी सफा गर्ने, औषधी प्रयोग गर्दा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मात्रै गर्न उनले सुझाव दिए । ‘धेरै मानि जथाभावि औषधी प्रयोग गरेर रोग बल्झिए पछि अस्पताल आउँने गरेका छन्,’ भट्टले भने, ‘जसका कारण उपचार झण्झटिलो हुने र लामो समय सम्म औषधी प्रयोग गर्नुपर्ने समस्या विरामीलाई थपिन्छ, आँखा सम्वेदनशिल अंग भएका कारण लापर्वाही गर्नुहुदैन ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.