अत्तरिया : कैलालीको चुरे गाँउपालीका वडा नम्बर २ मा रहेको खैराला स्वास्थ्य चौकीलाई एम्बुलेनस हस्तान्तरण गरीएको छ । नेपाल भारत सहयोग अन्तरगत गोदावरी नगरपालीका वडा नम्बर १ मा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानलाई प्राप्त एमबुलेन्स खैराला स्वास्थ्य चौकीलाई हस्तान्तरण गरीएको हो ।
सोमबार नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज एवम् प्रतिष्ठानका संरक्षक लेखराज भट्टले एक कार्यक्रमका बिच चुरे गाँउपालीकाका अध्यक्ष चक्र बोगटीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरणपछी त्यस क्षेत्रका बासीन्दालाई सहज हुने अपेक्षा गरीएको छ ।