प्रेमिकासँग १० मिनेट ‘किस’ गर्दा कानको जाली फुट्यो

काठमाडौं : प्रेमिकासँग १० मिनेटसम्म चुम्बन गर्दा कानको पर्दा (जाली) फुटेका एक युवकको घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । घटना पूर्वी चीनको झेजियाङ प्रान्तको वेस्ट लेकमा चुम्बन साटासाट गरेका जोडीको हो । चीनको हाङजो टीभीले यही अगस्ट २२ अर्थात् चिनियाँ ‘भ्यालेन्टाइन डे’मा सो घटना भएको जनाएको छ ।
चुम्बनका क्रममा ती व्यक्तिले आफ्नो बायाँ कानमा एक किसिमको आवाज सुनेका थिए । त्यसपछि कान दुखेर सुन्न अप्ठ्यारो हुन थालेको बताएका थिए । लगत्तै जोडी हतारहतारमा अस्पताल पुगेको थियो । अस्पतालमा चिकित्सकले कानको पर्दा फुटेको र निको हुन दुई महिना लाग्ने बताएका थिए । त्यसरी धेरै समय चुम्बन गर्दा कानभित्र हावाको चापमा तीव्र परिवर्तन हुने र लामो श्वासप्रश्वास समेत हुँदा सन्तुलन बिग्रिएर कानको जाली फुट्ने सम्भावना हुने चिकित्सकको भनाइ छ ।

यस्तो घटना भएको यो पहिलोपटक भने होइन । चुम्बनबाहेक झगडा, सडक दुर्घटना, पौडी खेल्दा र उड्दा समेत कानको जालीमा छिद्र बन्न सक्ने चिकित्सकले बताएका छन् । यसलाई निको पार्न सामान्य औषधिदेखि शल्यक्रिया गर्नुपर्ने स्थिति आउने चिकित्सकको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.