कञ्चनपुर, १६ भदौं : कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित गौरा पर्व विशेष देउडा प्रस्तुति तथा स्रष्टा सम्मान कार्यक्रममा महेन्द्रनगरका बरिष्ठ समाजसेवी लिलाध्वज बस्नेतसहित त्रका पाँच जना श्रष्टालाई सम्मान गरिएको छ ।
यहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाद्वारा आयोजित सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलेसमाज, साहित्य र कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पु¥याएका पाँच श्रष्टालाई सम्मान प्रदान गर्नुभयो ।
सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रको विकासका लागि पु¥याउनुभएको योगदानका साथै यहाँको प्रकृति, पर्यटन, जैविक विविधता, भाषा, साहित्य, संस्कृति, कला, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति कञ्चनपुरका प्रमुख शेरबहादुर सिंह सिंहलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै बरिष्ठ गीतकार राजेन्द्र शाह ‘विपी’, गायिका एवं समाजसेजी सरस्वती र बरिष्ठ गायक प्रेमराज खत्रीलाई सम्माान गरिएको छ ।
उहाँहरुलाई सुदूरपश्चिममा बसेर लामो समयदेखि यस क्षेत्रको भाषा, संस्कृति, कला र गीतसंगीतको विकासका लागि पु¥याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर शाखाका अध्यक्ष लालबहादुर धामीले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ठ पहिचान रहेको बताउँदै देउडाको संरक्षण र सम्र्वद्धनमा टेवा पु¥याउदै आएका सबै संघ÷संस्था र व्यक्तित्वप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
“ विभिन्न प्रचार प्रसारका लागि पनि देउडा एउटा उपयोगी माध्यम हो ।” प्रदेश प्रमुख जोशीले भन्नुभयो–“ संगीत, साहित्यक र कला क्षेत्र सबैका निम्ती चाँसो भएको क्षेत्र हो ।”
कार्यक्रममा प्रदेश प्रमुख जोशीसंगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पुर्वमन्त्री प्रकाश रावल र प्रदेशसभा सदस्य मधु भारती, भीमदत्त नगरपालिकाका पुर्व मेयर यज्ञराज जोशी र बेदकोट नगरपालिकाका पुर्व मेयर अशोक कुमार चन्द लगायतले मन्तव्य राख्नुभएको थियो । सो समारोहमा प्रदेश प्रमुख र प्रदेशसभा सदस्य लगायतका व्यक्तिहरुले देउडा समेत खेलेका थिए ।
सम्बन्धित पाेस्टहरु