राउटे समुदायसंग मन्त्री धामीको अन्तरक्रिया

अत्तरिया : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले डडेल्धुराको राउटे बस्तीमा अन्तरक्रिया तथा छलफल गरेका छन् ।

मंगलबार डडेल्धुरा प्रशुराम गाउँपालिका वडा नम्बर ४ रजेउडामा रहेका लोपोन्मुख समुदाय राउटेसंग छलफल तथा अन्तरक्रिया गरेका हुन् । सो अवसरमा मन्त्री धामीले राउटे समुदायको परम्परागत सिप, तालिम र क्षमतामा आधारित उद्योगहरुको प्रोत्साहन गर्ने, समुदायलाई काठ र दाउराको उपलब्धतालाई जोड दिने बताए । मन्त्री धामी केही दिनदेखि प्रदेशको आन्तरिक भ्रमणमा रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.