Agni Offset Press

विष्णु माझीले ल्याइन् तीज गीत ‘बलमा’

Aarati simant

काठमाडौं : विष्णु माझीको स्वार रहेको यस वर्षको तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

‘पुतलीको भट्टी–१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन छ । विष्णुले प्रत्येक वर्षको तीजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । फ्यान केही महिनादेखि नै उनको गीतको पर्खाइमा थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.