Agni Offset Press

चौमालामा तिज विशेष महिला नृत्य प्रतियोगिताको आयोजना गरिने

Aarati simant

अत्तरिया, २३ चौमाला : कैलालीको गौरीगंगा नगरपालिका चौमालामा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । गौरीगंगा नगरस्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
गौरीगंगा नगरपालिकाको आर्थिक सहयोग गोप्का–चौमाला बजार ब्यवस्थापन समिति, वडा नम्बर १ को कार्यालय र रेडक्रस उप–शाखा चौमालाको समन्वयमा भदौ ३० गते प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्तवना स्वरुप १ हजार पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा नगरपालिका भित्र बसोबास गर्ने व्यक्ति, विद्यालय, समुह, सहकारी, आमा समुहहरुले सहभागीता जनाउन सक्ने आयोजनकले जनाएको छ ।
तिजमा रमाइलोसंगै संस्कृति संरक्षणमा टेवा पु¥याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागीएको समितिका संयोजक बाजेले बताएका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.