अत्तरिया : सडकमाथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा डडेल्धुराको रडुवामा एक जनाको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको मृत्यु भएको हो।
हिजो शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। प्रहरीका अनुसार दीपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरको मोटरसाइकलको पछाडि सवार ऐरको टाउकोमा शनिवार माथिबाट खसेको ढुङ्गा लागेका थियो। टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतवार बिहान मृत्यु हो। मोटरसाइकल चालक डडेलधुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ।