२४ घण्टा नबित्दै प्रकाश सपुतको गीत ट्रेन्डिङ नम्बर एकमा

काठमाडौं : गायक प्रकाश सपुतको शब्द र संगीतमा ‘जाले रुमाल फाट्यो’ बोलको तीज गीत सार्वजनिक गरिएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ।

अपलोड भएको १७ घण्टामै एक नम्बरमा आएको गीत करिब ८ लाख बढीले हेरिसकेका छन्। यो गीत प्रकाशकै यसअघिको गीत ‘कुरा बुझ्न पर्च’ को दोस्रो भाग हो। गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने सुदीप सागरले संगीत संयोजन गरेका छन्। गीतले महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश दिन खोजिएको छ।

गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी, रोमा बिष्ट, बद्री पुडासैनी, पुष्प अवस्थी, नवराज उप्रेती, अञ्जली खड्का र स्वयं सपुतको अभिनय छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.