बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी : बैतडीमा आज भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको भिरबाट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

दशरथचन्द नगरपालिका–२ निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी ल्याउँदै गर्दा सोमवार बेलुका बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.