अछाम : अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदूरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु भएको छ। गाडीमा चालकसहित १२ जना सवार रहेका थिए। अन्य ११ जना भने सकुशल रहेका छन्। जीप चालक फरार रहेका छन्।