अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट आज टीका ग्रहण गरेका छन् ।
दसैंको टीका लगाउने तेस्रो दिनमा प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई टीका र जमरा लगाइदिएका हुन् । कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने आशीर्वाद लिने चलन छ ।