जेष्ठ नागरिकबाट टिका ग्रहण तथा अभिनन्दन कार्यक्रम

अत्तरिया, ९ कात्तिक : कञ्चनपुरको पुर्नवास नगरपालिका–१० मा जेष्ठ नागरिकबाट टिका ग्रहण तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । श्री बासुदेव सायल मुडभारा समाजको आयोजनामा बिहिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ८० बर्षीय वृद्ध खड्कराज उपाध्यायबाट टिकाग्रहण तथा अभिनन्दन गरिएको हो ।

स्थानीय अभियान्ता तथा समाजसेवी गोरखराज उपाध्यायका अनुसार खड्कले विभिन्न ४० जना व्यक्तित्वहरुलाई अभिनन्दन गरेको हो । समाजमा एकताको सन्देश दिन यस प्रकारका कार्यक्रम गरेको जनाएको छ । कार्यक्रममा डेढ सय बढी स्थानीहरुको टिका लगाएका थिए । हिन्दु धर्ममा दसैँमा आफु भन्दा जेष्ठ सदस्यबाट टिका लगाउने प्रचलन रहेको छ । दशमीका दिन मुख्य टिका लगाउने दसैँमा कोजाग्रत पुर्णिमा सम्म टिका लगाउने गरिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.