धनगढी, १० कात्तिक : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जसको कोहि छैन, त्यसको हामी छाँै समाज नेपालद्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्यमन्त्री शाहलाई मुक्त कमैया बस्ती एकता शिबिरका सुदामा चौधरीले माग पत्र पेश गरेको थियो । मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले कमैया लगतमा समाबेश भएका तर, अहिलेसम्म पनि जग्गा प्राप्त गर्न नसकेका बताए । ‘बन तथा सडक छेउछाउमा अव्यवस्थित बसोबास गरि रहेका मुक्तकमैया । सुकुमबासीहरुको उचित बसोबास गर्ने छु’, उनले भने । ‘हामी तिनै तहका सरकार र भुमी आयोगसँग समन्वय गरी समस्या समाधान तर्फ जाने छौँ र मुक्त कमैयाका बालबालिकाको शिक्षा, स्वास्थ्यको उचित प्रबन्ध पनि गछौँ ।’
कार्यक्रम सुदूरपश्चिम प्रदेश भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री रमेश्वर चौधरी, उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री रमेश धामी, नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्ट लगायत स्थानीयतहका जनप्रतिनिधि विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा मुक्त कमैया आन्दोलनमा सक्रिय अगुवा २० जनालाई सम्मान गरिएको थियो ।