अत्तरिया, १० कात्तिक : नेपाली कांग्रेस कैलालीले भोली शनिवार चियापान गर्दै छ । दसैँ, तिहार तथा छठ पर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान आयोजना गर्ने भएको हो ।
कांग्रेस पार्टी कार्यालयका सचिव प्रयागराज जोशीले कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान–प्रदान तथा चियापान आयोजना गरिएको बताए । उनका अनुसार कांग्रेस पार्टी कार्यालयमा बिहान ११ः३० बजेबाट शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिनेछ ।
चियापान समारोहमा विभिन्न राजनीति दलका नेता, पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ । काँग्रेसले हरेक वर्ष कोजागत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।