धनगढीमा जुवाखालबाट १२ जना पक्राउ

अत्तरिया : कैलालीको धनगढीमा जुवा खालबाट १२ जना जुवाडेलाई पक्राउ परेका छन् । धनगढी–१३ राजपुरस्थित एक टहराबाट उनीहरूलाई एक लाख एक हजार २६५ नगद र तीन गड्डी ताससहित शुक्रवार राति पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनगढी–१३ बस्ने वर्ष ३१ का कमल बडायक, वर्ष ३३ का सुवा राना, वर्ष ३३ का राधेश्याम राना, वर्ष २६ का भरत राना, वर्ष ४९ का भरत राना, वर्ष ४३ का राम नन्द राना, वर्ष ३२ का रुपेन्द्र ओझा, वर्ष २९ का शिव कुमार राना, वर्ष २३ का सुरेश राना, वर्ष ४२ का पिरागी राना, वर्ष ४० का नबोध झा र वर्ष २८ का योगेन्द्र महरा रहेका छन् ।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.