अत्तरियाबाट एक सरकारी मोटरसाइकल नियन्त्रणमा

अत्तरिया : कैलालीको अत्तरियाबाट एक सरकारी मोटरसाइकललाई स्थानीय युवाले नियन्त्रणमा लिएका छन्। सार्वजनिक बिदाको दिन अनुमति बिना चलाइएको सरकारी मोटरसाइकल स्थानीय युवाले नियन्त्रणमा लिएका हुन्। सहरी विकास तथा भवन निर्माण कार्यालयका सव–इन्जिनियर उपेन्द्र महतराले अनुमति बिना चलाएको मोटरसाइकल स्थानीय युवा भुवन भट्टले नियन्त्रणमा लिएका छन्।
सुदूरपश्चिम प्रदेश ०१००१ ब २०८६ नम्बरको सो मोटरसाइकल भट्टले नियन्त्रणमा लिएर सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई खबर गरेका थिए। प्रहरीले चेकजाँच गर्दा सो मोटरसाइकल अनुमति बिना बिदाको दिन चलाएको फेला पारेपछि नियन्त्रणमा लिएको थियो।

उक्त मोटरसाइकल अहिले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा राखिएको छ। महतराले बिदाका दिन चलाएको मोटरसाइकलका कागजात तथा परिचयपत्र पनि साथमा नभेटिएको प्रहरीले जनाएको छ। प्रहरीले कागजात ल्याएर आइतबार मोटरसाइकल फिर्ता गरिने बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.