कञ्चनपुर, ११ कात्तिक : नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र देखिएको अन्तरद्वन्द्व हटाउन ‘सिस्नुपानी दले’ पनि अवस्था उस्तै रहेको बताएका छन् । शनिबार एमाले कञ्चनपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भट्टले पार्टीभित्र नेता–कार्यकर्ताहरुबीचको अन्तरद्वन्द्व हटाउन नसकिएको औंल्याएका हुन ।
‘हामीभित्रको अन्तरद्वन्द्व हटाउन गएको बैशाख १ गते धनगढीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलज्यूकै उपस्थितिमा हामीभित्र रहेको विष हटाउन सिस्नुपानी दलेका थियौँ,’ उनले भने, ‘उता हामी सिस्नुपानी दलेर एक आपसमा विष हटाउने काम ग¥यौँ, यतातिर पार्टीलाई रणभूमि बनाइरहेका छौँ ।’
अझै पनि पार्टीभित्र नयाँ र पुराना नेता कार्यकर्ताबिच विभेद देखिएको उल्लेख गर्दै उनले त्यसलाई हटाउनुको विकल्प नभएको बताए । एमाले कर्णाली प्रदेशका इन्चार्जसमेत रहेका पूर्वमन्त्री भट्टले उत्पादनका काममा जुट्न समते नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
सम्बन्धित पाेस्टहरु