धनगढी : कैलालीबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका–२ गौनियाबाट एक ग्राम १९० मिलिग्राम लागूऔषधसहित सोही नगरपालिका–१ का २६ वर्षीय तपेन्द्र बोहरा समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् । ९ सय ९० मिलिग्राम लागुऔषधसहित सोही स्थानका २२ वर्षीय नरेश रावल समेत दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।