बाजुराबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा, १२ कात्तिक : बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीबाट एक जना सुत्केरी महिलाको उद्धार गरीएको छ । आइतबार हिमाली गाउँपालिका वडा नं ५ रुगिनकी बनकला कार्कीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको हो । २८ वर्षीया कार्कीले एउटा बच्चा छोरालाई सामान्य तरीकाले जन्म दिए पनि अर्काे बच्चा जन्माउनका लागि अप्रेसन गर्नुपर्ने भएकाले रिफर गरीएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।
पेटमा दुई बच्चा रहेकी कार्कीले एक बच्चालाई सामान्य तरिकाले जन्म दिएको र अर्काे बच्चा पेटमा उल्टो हुँदा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको स्वास्थ्य केन्द्र कोल्टी प्रमुख रञ्जित शाहले जानकारी दिइन । रुगिन स्वास्थ्य चौकीमा एउटा सन्तानको जन्म दिएकी कार्कीको अर्काे वच्चालाई जन्माउनका लागि अप्रेसन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको उनले बताइन ।
रुगिन स्वास्थ्य चौकीले कार्कीलाई अप्रेसनका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पठाएको भए पनि कोल्टीमा हुन नसक्दा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको उनले बताईन । यो भन्दा पहिले अप्रेसन हुने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अहिले एनेस्थेसिया टेक्निसियन दशै विदामा हुँदा रिफर गर्नु परेको उनले बताइन ।
आमा र जन्मेको बच्चाको अवस्था सामान्य भए पनि अर्काे बच्चा जन्माउनका लागि रिफर गरीएको उनले बताईन । कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत सुर्खेत लगिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.